Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अत्यावश्यक बाहेकका सेवा बन्द भए पनि सरकारी कार्यालय खुल्ने

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने घोषणा गरे पनि सरकारी कार्यालय भने बन्द नहुने भएका छन् । सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले जनाएको छ ।


    ADVERTISEMENT

    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वसाधारणको भीडभाड नहोस् र संक्रमणको कुनै जोखिम नरहोस् भनेर अत्यावश्यक बाहेकका सरकारी सेवामात्र बन्द गरिएको तर सरकारी अड्डाहरु भने बन्द नहुने बताए ।

    कुन कुन कार्यालयबाट सेवा प्रदान हुनेछ भन्ने बारेमा उच्चस्तरीय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयको छलफलपछि सर्वसाधारणलाई प्रष्ट हुनेगरि जानकारी गराइने समेत थापाले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij