Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

फिफा वरियतामा नेपालको भारी गिरावट, बेल्जियम शिर्ष स्थानमा

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  • नेपाल फिफा वरियता ६ स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको छ ।

    विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपालको वरियतामा समेत भारी गिरावट आएको छ । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।


    ADVERTISEMENT

    images

    दक्षिण एसियाली फुटबलमा नेपाल भन्दा माथिल्लो वरियतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा छ । यस्तै भारत दुई स्थान तल गर्दै १ सय ६ औ स्थानमा छ ।

    नेपाल भन्दा तल्लो वरियतामा रहेको बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औ स्थानमा छ । बंगलादेशले पछिल्लो खेलमा वरियतामा माथि रहेको भारतलाइ बराबरीमा रोक्न सफल भएको थियो ।

    भुटान चार स्थान तल झर्दै १ सय ८९ औ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औ स्थानमा छ ।

    विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत रहेका छन् । उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij