Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता : आइतवार भएको पहिलो खेलमा श्री बागेश्वरी ग्यालेक्सी स्टार विजयी

श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुंगाना म्यान अफ द म्याच घोषित
  • बर्दिया टुडे
  • 11.9K
    SHARES
  •  

    राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत श्री बागेश्वरी ग्यालेक्सी स्टार र राजापुर राइनोज बिच आइतवार भएको पहिलो खेलमा श्री बागेश्वरी ग्यालेक्सी स्टार विजयी भएको छ ।


    ADVERTISEMENT

    images

    टस जितेर ब्याटिङग को निम्तो दिएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले राजापुर राइनोजलाई २० ओभरको खेलमा ९ विकेट लिदैँ ९४ रनमै समेटेको  थियो ।

    राजापुर राइनोजका तर्फ बाट धिरेन्द्र बर्माले ३६ र सागर घिमिरे ले १५ रनको योगदान दिएका थिए भने श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश सिंह ठकुरिले २ विकेट र सैगात खत्री र सागर सेनले समान १ विकेट लिएका थिए ।

    ९५ रनको झिनो लक्ष्य पाएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले १७.४ ओभरमा ४ विकेट गुमाई जित हासिल गरेको थियो श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुङ्गाना ले ४१ रन नटआउट रमेश सिंह ठकुरी ले २२ रन र गणेश पुनले १२ रन नटआउट बनाएका थिए त्यस्तै राजापुर राइनोजका धिरेन्द्र बर्मा र रेगन रेग्मी ले समान २/२ विकेट लिन सफल भएका छन ।

    प्रतियोगितामा सर्वाधिक ४१ रन बनाउने श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुंगाना म्यान अफ द म्याच घोषित भएका छन ।
    भोलि हुने खेल लक्ष्मी वारियर्स र श्री बागेश्वरी ग्यालेक्सी स्टार बिच बिहान १० बजे शुरु हुने राजापुर स्पोर्टस क्लबका सचिब श्री सुभाष तिमिल्सेनाले जानकारी दिए ।

    प्रतियोगिता अमर सहिद दशरथ चन्द माध्यमिक विद्यालयको खेल मैदानमा भईरहेको छ ।

    लिग प्रतियोगितामा वागेश्वरी ग्यालेक्सि स्टार, राजापुर राईनोज र लक्ष्मी वारियर्स गरी तिन टिम सहभागी छन ।

    राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि सहभागि टिमले पहिलो पटक स्थानिय खेलाडीहरू अक्सनबाट छिनोफानो गरेका छन भने जिल्ला बाहिरका खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गरेका छन् । यस प्रतियोगितामा टिमहरूले १ जना जिल्ला बाहिरका खेलाडी अनुबन्ध गरेका छन ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार रुपैँया राखिएको छ । त्यस्तै म्यान अफ द सिरिजका लागी रु ७ हजार ५ सय, वेष्ट ब्याट्सम्यानका लागी रु ५ हजार ५ सय, वेष्ट वलरका लागी रु ५ हजार ५ सय र म्यान अफ द म्याचका लागी रु १ हजार सहित ट्रफि र प्रमाणपत्र समेत राखिएको छ । नगद पुरस्कारमा खेलाडीलाई कर कट्टी गरेर प्रदान गरीने आयोजकले जनाएकोछ ।

    राजापुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको आयोजक राजापुर स्पोर्टस् क्लव रहेको छ ।

    प्रतियोगिता चैत्र ८ गतेसम्म चल्ने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij