Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वडा अध्यक्ष रेग्मी को वलिङ्गमा नगर प्रमुख चौधरीले ब्याटिङ्ग गर्दै गरे राजापुर लिग क्रिकेट प्रतियोगिताको शुभारम्भ

  • बर्दिया टुडे
  • 13.4K
    SHARES
  •  

    राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आइतवार देखि शुभारम्भ भएको छ ।


    ADVERTISEMENT

    images

    अमर सहिद दशरथ चन्द माध्यमिक विद्यालयको खेल मैदानमा राजापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी को वलिङ्गमा नगर प्रमुख शिव प्रसाद चौधरीले ब्याटिङ्ग गर्दै लिग क्रिकेट प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

    लिग प्रतियोगिताको पहिलो खेल आज वागेश्वरी ग्यालेक्सि स्टार र राजापुर राहिनोज विच भईरहेको छ ।

    फागुन २३ देखि सञ्चालन गर्ने भनिएको प्रतियोगितालाई मौसमका काण पछाडी ढकेलिएको थियो ।

    राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि सहभागि टिमले पहिलो पटक स्थानिय खेलाडीहरू अक्सनबाट छिनोफानो गरेका छन भने जिल्ला बाहिरका खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गरेका छन् । यस प्रतियोगितामा टिमहरूले १ जना जिल्ला बाहिरका खेलाडी अनुबन्ध गरेका छन ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार रुपैँया राखिएको छ । त्यस्तै म्यान अफ द सिरिजका लागी रु ७ हजार ५ सय, वेष्ट ब्याट्सम्यानका लागी रु ५ हजार ५ सय, वेष्ट वलरका लागी रु ५ हजार ५ सय र म्यान अफ द म्याचका लागी रु १ हजार सहित टूफि र प्रमाणपत्र समेत राखिएको     छ । नगद पुरस्कारमा खेलाडीलाई कर कट्टी गरेर प्रदान गरीने आयोजकले जनाएकोछ ।

    राजापुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको आयोजक राजापुर स्पोर्टस् क्लव रहेको छ ।

    प्रतियोगिता चैत्र ८ गतेसम्म चल्ने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij