महाशिवरात्रीको अवसर पारेर गेरुवा गाउँपालिकामा बर्दिया जिल्ला पालिका स्तरिय महिला फुटवल प्रतियोगिता शुरु भएको छ । गेरुवा गाउँपालिका खेलकुद विकास समिति को आयोजना तथा गेरुवा गाउँपालिकाको आर्थिक सहयोगमा विहीवार देखि सुरुभएको हो ।

गेरुवा गाउँपालिका वडा नं. ६ स्थित कल्पेश्वर महादेव खेलमैददानमा सञ्चालन भएको प्रतियोगिताको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले रेफ्रीलाई वल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
विहिवार भएको उद्घाटन खेलमा बारवर्दिया नगरपालिकाको टिमले राजापुर नगरपालिकाको टिमलाई शून्यका विरुद्ध ४ गोल गर्दै सेमिफाइनल को यात्रा तय गरेको छ । शुक्रवार वढैयाताल गाउँपालिका र मधुवन नगरपालिका विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

बर्दियाका ८ पालिका मध्य ६ वटा पालिकाले प्रतियोगितामा आफ्नो सहभागिता जनाएका छन् । ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिका प्रतियोगितामा सहभागी भएका छैनन् ।

प्रतियोगिताको विजेता टिमलाइ प्रमाणपत्र, ट्रफि र रु ५० हजार ५ सय ५५(कर सहित), एवम् उपविजेता हुने टिमलाई तथा प्रमाणपत्र ट्रफि र रु २५ हजार ५ सय ५५(कर सहित) पुरस्कार प्रदान गरिने गेरुवा गाउँपालिका खेलकुद विकास समिति का अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए । त्यस्तै सेमिफाइनलमा पुग्ने टिम लाई सान्वना स्वरुप रु ७ हजार प्रदान गरिने छ , चौधरीले भने ।
नकआउट सिष्टमको आधारमा खेलाईएको प्रतियोगिता आइतवार सम्म चल्ने छ ।