Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर प्रिमियर लिग फागुन २३ देखि चैत्र ८ गतेसम्म राजापुरमा हुँदै : खेलाडी अक्सनमा ३ टिमले ३३ खेलाडी खरिद गरे

  • बर्दिया टुडे
  • 15.6K
    SHARES
  •  

    राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि खेलाडीको अक्सन सम्पन्न भएको छ । कुल ४८ खेलाडी अक्सनमा सहभागी भएकोमा सहभागी ३ टोलीले ३३ खेलाडी खरिद गरेका छन् ।


    ADVERTISEMENT

    images

    शनिबार राजापुरमा सम्पन्न अक्सनमार्फत वागेश्वरी ग्यालेक्सि स्टार , राजापुर राहिनोज र लक्ष्मी वारियर्सले ११÷११ खेलाडी अनुबन्ध गरेका छन् ।

    राजापुरका पुराना तथा नयाँ स्थानीय खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो ।

    सहभागी टोलीहरूले अक्सनमार्फत् प्रति टिम ११ खेलाडी खरिद गर्न पाउने र त्यसका लागि २७ हजारसम्म खर्च गर्न पाउने नियम तोकिएको थियो ।

    अक्सनमा गत वर्षको लिग विजेता वागेश्वरी ग्यालेक्सि स्टारले गणेश पुन, दिनेश चौधरी, रविन सापकोटा, प्रकाश चालिसे, आकाश सोनी, सोहित शर्मा, त्रि विक्रम भण्डारी, सागर सेन, कृष्ण प्रसाद चौलागाँइ, सौगात खत्री र दिनेश सहानीलाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।

    त्यसैगरी राजापुर राहिनोजले आफ्नो टिमको लागि सेहनवाज खान, रेगन रेग्मी, प्रशान्त उपाध्याय, सागर घिमिरे, विनोद विक, प्रकाश चौधरी, युनेश खान, भिम प्रसाद चौलागाँइ, विवेक गुप्ता, धिरेन्द्र वर्मा र सुमित ध्वज चन्दलाई अनुबन्ध गरेको छ ।

    त्यस्तै लक्ष्मी वारियर्सले अमित कुमार बाँकी ४ पेजमा चौधरी, भागवत चौलागाँइ, पुष्पराज ढुंगाना, सन्तोष भुल, महेश चौधरी, ध्रुव चौधरी, पदमराज जैशी, सुजल के.सी., नरेशकुमार सहानी, अजय सहानी, गोकर्ण चौलागाँइलाई अक्सन मार्फत टिममा अनुबन्ध गरेको छ ।

    अक्सनमा वागेश्वरी ग्यालेक्सि स्टारले सौगात खत्रीको लागी सबैभन्दा बढी मूल्य तिरेको छ भने राजापुर राहिनोजले सुमित ध्वज चन्द र लक्ष्मी वारियर्सले अजय सहानीको लागी सवैभन्दा बढी रकम खर्चेको छ । अक्सनमा सबैभन्दा महङ्गा खेलाडी अजय सहानी भए । जसलाई रु १० हजारमा लक्ष्मी वारियर्सले टिममा अनुबन्ध गरेको छ ।

    राजापुर स्पोर्टस् क्लवको आयोजनामा राजापुर प्रिमियर लिग यही फागुन २३ देखि चैत्र ८ गतेसम्म राजापुरमा हुँदैछ ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार रुपैँया राखिएको छ । त्यस्तै म्यान अफ द सिरिजका लागी रु ७ हजार ५ सय, वेष्ट ब्याट्सम्यानका लागी रु ५ हजार ५ सय, वेष्ट वलरका लागी रु ५ हजार ५ सय र म्यान अफ द म्याचका लागी रु १ हजार सहित टूफि र प्रमाणपत्र समेत राखिएको छ । नगद पुरस्कारमा खेलाडीलाई कर कट्टी गरेर प्रदान गरीने आयोजकले जनाएकोछ ।

    स्थानिय खेलाडीहरू अक्सनबाट छिनोफानो भएको छ भने जिल्ला बाहिरका खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गरेका छन् । यस प्रतियोगितामा टिमहरूले १ जना जिल्ला बाहिरका खेलाडी अनुबन्ध गरेका छन्् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij