Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खेलमा सकारात्मक सोंचको आवश्यकता : उपप्रमुख गिरी

  • बर्दिया टुडे
  • 11.9K
    SHARES
  •  

    गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गिरीले खेलमा सकारात्मक सोंचको आवश्यकता रहनु पर्ने कुरामा जोड दिएकी छन् । उनले सकारात्मक सोंच विनाको खेललाई कसैले महत्व नदिने भएकाले खेलमा अनुसाशन र धैर्यताको समेत अवश्यकता रहेको बताईन ।


    ADVERTISEMENT

    images

    बर्दिया जिल्ला बुद्धिचाल संघ बर्दियाले सदरमुकाम गुलरियामा शुक्रबार आयेजना गरेको २ दिने प्रथम बर्दिया जिल्ला स्तरिय मेयरकप बुद्धिचाल प्रतियोगीताको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    कार्यक्रमकी प्रमुख अतिथी समेत रहनु भएकी नगर उपप्रमुख गिरीले यस वर्ष नगरपालिकाले थोरै मात्र सहयोग गर्न सकेको भन्दै अगामी वर्षमा बुद्धिचाल खेलको महत्वलाई बढाउँदै खेललाई प्रोत्साहन तथा विकासका निम्ती सक्दो सहयोग हुने बताएकी छन् ।


    गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियोगीता माघ २४ र २५ गते सम्म संचालन हुने बर्दिया जिल्ला बुद्धिचाल संघ बर्दियाका सचिव विकास शर्माले बताए । स्वास्थ्य र खेलमा हाम्रो सवाल, बुद्धि विकासका लागी बुद्धिचाल भन्ने मुल नारा सहित करिब १ वर्ष देखि बर्दियामा बुद्धिचालका खेलाडीहरु औपचारिक रुपमा संगठित हुँदै यस खेलको महत्वलाई बढावा दिंदै आएका छन ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य धनबहादुर बोगटीले बुद्धिचाल खेल केवल मनोरञ्जनका लागी मात्र खेलिने खेल नभएको बताए । बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय स्तरमा समेत महत्व दिइने गरिएको बताउँदे बोगटीले यस खेल तथा खेलाडीको हौसला र विकासका निम्ती सरकारले चासो दिनुपर्ने आवश्यकता रहको बताए ।


    बर्दिया जिल्ला हाल सम्म यस खेल सम्बन्धि करिब १० वटा गतिविधीहरु भएको उनले जानकारी दिए । बुद्धिचाल खेल कुनै सडक छेउ वा चिया पसलमा बसेर खेलिने खेल भन्दा यसलाई विशेष महत्व दिई व्यावसायिक रुपमा लाग्न सकिने समेत बोगटीले बताए । गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बर्दिया जिल्ला लगायत विभिन्न स्थानका बुद्धिचाल खेलप्रेमी, खेलाडीहरुको सहभागीता रहको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij