Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दोस्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग सिल्ड छनौट प्रतियोगिता सम्पन्न : मा. वि. तर्फको रनिङ्ग शिल्ड एकप्रिय राठोर माध्यमिक विद्यालय पाताभारले जित्यो

  • बर्दिया टुडे
  • 10.1K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा सम्पन्न भएको दोस्रो मेयर कप तथा राष्ट्रपति रनिङ्ग सिल्ड छनौट प्रतियोगिताको मा. वि. तर्फको रनिङ्ग शिल्ड एकप्रिय राठोर माध्यमिक विद्यालय पाताभारले जितेको छ ।


    ADVERTISEMENT

    images


    सानो तथा लामो दुरीका दौड, रिले दौड, हाईजम्प, लङ्गज म्प, त्रिपलजम्प, सटपट, ज्यावलिङ थ्रो, कपर्दी, भलिवल लगायतका खेल विधामा छात्र छात्रा विच भएको प्रतिस्पर्धामा ११ स्वर्ण, ७ रजत, ४ कास्य पदक प्राप्त गरेको एकप्रिय राठोर माध्यमिक विद्यालयले प्रथम स्थान हासील गर्दै मा. वि. तर्फफको रनिङ्ग शिल्ड जितेको हो । प्रतियोगितामा नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रेसनीपुरले ६ स्वर्ण, ५ रजत, ४ काँस्य पदक जितेर दोश्रो स्थान प्राप्त गरेको छ भने जानकी माध्यमिक विद्यालय जनकनगरले ४ स्वर्ण, ६ रजत, ५ काँस्य पदक जितेर माध्यमिक तह मा तेश्रो स्थान प्राप्त गरेको छ ।


    माध्यामिक तहमा २६ स्वर्ण, २६ रजत, २६ काँस्य पदकका लागि छात्र छात्रा विच प्रतिस्पर्धा गराईएको थियो ।


    आधारभूत र प्राथमिक तहलाई समेत प्रत्यक्ष रुपमा सहभागी गराईएको रानिङ्ग शिल्ड प्रतियोगितामा २ स्वर्ण र १ रजत पदक विजेता पिसल्याण्ड ई. मि. स्कुल प्रसेनीपुरले प्रथम स्थान हासील गर्दै बाँकी ३ पेजमा आधारभूत तर्फको रनिङ्ग शिल्ड जितेको छ । २ स्वर्ण १ रजत पदक विजेता सरस्वती आधारभूत विद्यालयले दोश्रो स्थानमै चित्त वुझाउनु प¥यो ।


    समान पदक जितेका पिसल्याण्ड र सरस्वती आ. वि. विच गोला प्रथा द्वारा प्रथम छनौट गर्दा सरस्वती आ.वि.ले दोश्रो स्थानमै चित्त बुझाउनु परेको हो । आधारभूत तर्फ २ मात्र स्वर्ण पदक विजेता क्याम्ब्रिज ई. मि. स्कुल पाताभारले तृतिय स्थान प्राप्त गरेको छ ।
    आधारभूत तहमा १०० मिटर दौड, २०० मिटर दौड, लङजम्प, त्रिपलजम्प, सटपट विधामा १० स्वर्ण, १० रजत, १० काँस्य पदकका लागि छात्र छात्राहरु विच प्रतिस्पर्धा गराईएको थियो ।


    त्यस्तै १०० मिटर दौड, २०० मिटर दौड, र लङजम्प गरी ३ वटा विधामा ६ स्वर्ण, ६ रजत, र ६ काँस्य पदकका लागि छात्र छात्राहरु विच गराईएको प्राथमिक तहको प्रतिस्पर्धामा प्रा.वि. तर्फको शिल्ड जनता आधारभूत विद्यालय सर्खोलले हात पारेको छ । ३ स्वर्ण पदक जित्दै उसले शिल्ड हात पारेको हो । २ स्वर्ण पदक जितेर एकप्रिय राठौर मा.वि ले प्रावि तर्फ दोश्रो स्थान प्राप्त गरेको छ भने पशुपति प्रा. वि. ले तेश्रो स्थान प्राप्त ग¥यो । उसले १ स्वर्ण, १ रजत पदक हात पा¥यो ।


    प्रतियागिता गेरुवा गाउँपालिकाको सहयोग, शिक्षा,युवा तथा खेलकुद शाखा, गेरुवागाउँपालिका खेलकुद विकास समिति र शिक्षक महासंघ गेरुवा गाउँपालिकाको समन्वय तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिको आयोजनामा संचालन भएको हो ।


    माघ १६ गतेबाट सुरु भएको प्रतियोगिता २० गते सम्म संचालन भएको थियो । प्रतियोगितामा विजयी खेलाडी हरुलाई पुरस्कार, प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij