नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गच्छादारको सांसद पद स्वत: निलम्बनमा परेको हो।
अख्तियारले यस प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।