Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा जारी दोश्रो अन्तर विद्यालय तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा गणेश माध्यमिक विद्यालय ६ स्वर्ण पदकका साथ अग्रस्थानमा

  • बर्दिया टुडे
  • 8.7K
    SHARES
  • गेरुवा गाउँपालिका दोश्रो अन्तर विद्यालय तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा नेपाल राष्ट्रिय गणेश मा. वि. प्रसेनीपुर ६ स्वर्ण पदकका साथ अग्रस्थानमा रहेको छ ।


    गेरुवा गाउँपालिका वडा नं. ६ स्थित कल्पेश्वर खेल मैदानमा जारी प्रतियोगितामा नेपाल राष्ट्रिय गणेश मा. वि. प्रसेनीपुरलाई ५ स्वर्ण पदक सहित एकप्रिय राठोर मा. वि. पाताभारले पच्छाइ रहेको छ ।


    ADVERTISEMENT

    images


    प्रतियोगितामानेपाल राष्ट्रिय गणेश मा. वि. प्रसेनीपुरले सनिवार सम्म सम्पन्न भएका खेलमा ६ स्वर्ण ३ रजत पदक पाप्त गरेको छ ।

    त्यस्तै एकप्रिय राठोर मा. वि. पाताभार ५ स्वर्ण, ५ रजत, ४ काँस्य पदक सहित दाश्रो स्थानमा छ ।

    गोलाको जनता माध्यमिक विद्यालय २ स्वर्ण, ४ रजत, ४ काँस्य पदक सहित तेश्रो स्थानमा छ ।

    प्रतियोगितामा २ स्वर्ण, ३ रजत, ५ काँस्य सहित जानकी माध्यमिक विद्यालय चौथो स्थानमा रहेको छ भने १ मात्र स्वर्ण पदक विजेता ग्रिनग्लोवल ई. स्कुल शान्तिवजार पाचौ स्थानमा छ ।

    १ रजत, ३ काँस्य जितेर पशुपति माध्यमिक विद्यालयले छैंठौ स्थान ओगटेको छ भने क्याम्ब्रिज ई. स्कुलले हाल सम्म कुनै पदक प्राप्त गर्न सकेको छैन ।

    गेरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन भएको हो ।

    २० गते सम्म सञ्चालन हुने प्रतियोगीतामा गेरुवा गाउँपालिकाका २६ ओटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा ३१ वटा विद्यालयका बालबालिकाहरु खेलमा सहभागी भएका छन् ।

    प्रतियोगीतामा लामो तथा छाटो दुरीको दौड, रिले दौड,लङ्गजम्प, हाई जम्प, ट्रिपल जम्प, सटपट, ज्याभलिन थ्रो भलिवल लगाएतका खेल हुने भएका छन् ।

    प्रतियोगितामा प्राथमिक तह, आधारभुत तहका विद्यार्थीहरुले पनि प्रतियोगीतामा प्रत्यक्ष सहभागी हुन पाउने छन् ।

    प्राथमिक तहमा १०० मिटर दौड, २०० मिटर दौड, लङ्गजप गरी ३ वटा विधामा प्रतिस्पर्धा गराईने गेरुवा गाउँपालिका खेलकुद विकास समिति एवम् तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए ।

    ‘ आधारभूत तहका लागि १०० मिटर दौड, २०० मिटर बाँकी ३ पेजमा दौड, लङ्गजम्प, त्रिपलजम्प र सटपट गरी ५ विधामा छात्र छात्रा विच प्रतिस्पर्धा गराईने छ ।’ चौधरीले भने ।

    प्रतियागिता गेरुवा गाउँपालिकाको सहयोग, शिक्षा,युवा तथा खेलकुद शाखा, गेरुवागाउँपालिका खेलकुद विकास समिति र शिक्षक महासंघ गेरुवा गाउँपालिकाको समन्वय तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिको आयोजनामा संचालन भएको हो ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij