गेरुवा गाउँपालिकामा आरम्भ भएको दोश्रो अन्तर विद्यालय तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता अन्तर्गत विहिवार खेलाईएको १ हजार ५ सय मिटर दौड प्रतिस्पर्धामा छात्र छात्रा दुबैमा नेपाल राष्ट्रिय गणेश मा. वि. प्रसेनीपुरका का प्रदिप थारु र निरुता थारु प्रथम भएका छन् ।
त्यस्तै १ हजार ५ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ पशुपति मा.वि.पशुपतिनगरका सागर रोकाय र जनता मा. वि. का सुदिप थारु क्रमशःद्वितिय र तृतिय भएका छन् ।
त्यसैगरी छात्रा तर्फ जानकी मा. वि. जनकनगरकी शारदा शाही र एकप्रिय राठोर मा. वि. पाताभारकी लालसरा धमला क्रमशःद्वितिय र तृतिय भएका छन् । प्रतियोगिता अन्तरगत विहीबार आधारभूत तह को १०० मिटर दौड छात्र छात्राका छनौट चरणका खेलहरु भएका छन ।
गेरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन भएको हो । कल्पेश्वर खेल मैदानमा बिहीबार देखि सञ्चालन भएको प्रतियोगीतामा गेरुवा गाउँपालिकाका २६ ओटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा ३१ वटा विद्यालयका बालबालिकाहरु खेलमा सहभागी भएका छन् ।
गेरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन भएको हो ।
कल्पेश्वर खेल मैदानमा बिहीबार देखि सञ्चालन भएको प्रतियोगीतामा गेरुवा गाउँपालिकाका २६ ओटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा ३१ वटा विद्यालयका बालबालिकाहरु खेलमा सहभागी भएका छन् ।
प्रतियाेगिता गेरुवा गाउँपालिकाको सहयोग, शिक्षा,युवा तथा खेलकुद शाखा, गेरुवागाउँपालिका खेलकुद विकास समिति र शिक्षक महासंघ गेरुवा गाउँपालिकाको समन्वय तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिको आयोजनामा संचालन भएको हो ।