Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा दोश्रो अन्तर विद्यालय तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता विहीवारबाट आरम्भ

१ हजार ५ सय मिटर दौडको छात्र छात्रा दुवै प्रतिस्पर्धामा गणेश मा. वि. का प्रदिप र निरुता प्रथम
  • बर्दिया टुडे
  • 9.8K
    SHARES
  • बर्दियाको गेरुवा गाउँपालिकामा दोश्रो अन्तर विद्यालय तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता ब्बिहीबारबाट आरम्भ भएको छ ।

    बिहीबार गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले दिप प्रज्वलन गरी खेल प्रतियोगिताको उद्धघाटन गरे संगै प्रतियोगिता आरम्भ भएको हो ।


    ADVERTISEMENT

    images

    प्रतियोगिताको उद्धघाटन खेल अन्तरगत विहिवार खेलाईएको १ हजार ५ सय मिटर दौड प्रतिस्पर्धामा छात्र छात्रा दबैमा नेपाल राष्ट्रिय गणेश मा. वि. प्रसेनीपुरका का प्रदिप थारु र निरुता थारु प्रथम भएका छन् ।


    त्यस्तै १ हजार ५ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ पशुपति मा.वि.पशुपतिनगरका सागर रोकाय र जनता मा. वि. का सुदिप थारु क्रमशःद्वितिय र तृतिय भएका छन् ।

    त्यसैगरी छात्रा तर्फ जानकी मा. वि. जनकनगरकी शारदा शाही र एकप्रिय राठोर मा. वि. पाताभारकी लालसरा धमला क्रमशःद्वितिय र तृतिय भएका छन् ।

    प्रतियोगिता अन्तरगत विहीबार आधारभूत तह को १०० मिटर दौड छात्र छात्राका छनौट चरणका खेलहरु भएका छन ।

    गेरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन भएको हो ।

    कल्पेश्वर खेल मैदानमा बिहीबार देखि सञ्चालन भएको प्रतियोगीतामा गेरुवा गाउँपालिकाका २६ ओटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा ३१ वटा विद्यालयका बालबालिकाहरु खेलमा सहभागी भएका छन् ।


    प्रतियोगीतामा लामो तथा छाटो दुरीको दौड, रिले दौड,लङ्गजम्प, हाई जम्प, ट्रिपल जम्प, सटपट, ज्याभलिन थ्रो भलिवल लगाएतका खेल हुने भएका छन् । प्रतियोगितामा प्राथमिक तह, आधारभुत तहका विद्यार्थीहरुले पनि प्रतियोगीतामा प्रत्यक्ष सहभागी हुन पाउने छन् ।

    प्राथमिक तहमा १०० मिटर दौड, २०० मिटर दौड, लङ्गजप गरी ३ वटा विधामा प्रतिस्पर्धा गराईने गेरुवा गाउँपालिका खेलकुद विकास समिति एवम् तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए ।

    ‘ आधारभूत तहका लागि १०० मिटर दौड, २०० मिटर दौड, लङ्गजम्प, त्रिपलजम्प र सटपट गरी ५ विधामा छात्र छात्रा विच प्रतिस्पर्धा गराईने छ ।’ चौधरीले भने ।

    प्रतियागिता गेरुवा गाउँपालिकाको सहयोग, शिक्षा,युवा तथा खेलकुद शाखा, गेरुवागाउँपालिका खेलकुद विकास समिति र शिक्षक महासंघ गेरुवा गाउँपालिकाको समन्वय तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिको आयोजनामा संचालन भएको हो ।

    बिहीबारबाट सुरु भएको प्रतियोगिता २० गते सम्म संचालन हुने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij