Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा दोश्रोअन्तर विद्यालय तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता हुँदै : उद्घाटन भोली विहान ११ः३० वजे हुने

  • बर्दिया टुडे
  • 7.7K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा भोली देखि दोश्रो अन्तर विद्यालय तथा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सञ्चालन हुने भएको भएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

    कल्पेश्वर खेल मैदानमा आज देखि सञ्चालन हुने प्रतियोगीतामा गेरुवा गाउँपालिकाका २६ ओटा सामुदायिक र ७ वटा संस्थागत गरी जम्म ३३ वटा विद्यालयका बालबालिकाहरु सहभागी हुने भएका छन् ।

    प्रतियोगीतामा लामो तथा छाटो दुरीको दौड, रिले दौड, लङ्गजम्प, हाई जम्प, ट्रिपल जम्प, सटपट, ज्याभलिन थ्रो भलिवल लगाएतका खेल हुने भएका छन् ।

    प्रतियोगितामा प्राथमिक तह, आधारभुत तहका विद्यार्थीहरुले पनि प्रतियोगीतामा प्रत्यक्ष सहभागी हुन पाउने छन् ।

    प्राथमिक तहमा १०० मिटर दौड, २०० मिटर दौड ,लङ्गजप गरी ३ वटा विधामा प्रतिस्पर्धा गराईने गेरुवा गाउँपालिका खेलकुद विकास समिति एवम् तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए । ‘ आधारभूत तहका लागि १००मिटर दौड, २०० मिटर दौड, लङ्गजम्प, त्रिपलजम्प र सटपट गरी ५ विधामा छात्र छात्रा विच प्रतिस्पर्धा गराईने छ ।’ चौधरीले भने ।


    प्रतियागिता गेरुवा गाउँपालिकाकोसहयोग, शिक्षा,युवा तथा खेलकुद शाखा, गेरुवागाउँपालिका खेलकुद विकास समितिर शिक्षक महासंघ गेरुवा गाउँपालिका को समन्वय तथा रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिको आयोजनामा हुन लागेको हो ।

    प्रतियोगिताको उद्घाटन भोली विहान ११ः३० वजे गर्ने कार्यक्रम रहेको छ ।

    २० गते सम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार लामिछानेले बताए । उनले सबै खेलकालागि तयारी पुरा भई सकेको बताउँदै प्रतियोगीता हेरेर मज्जा लिनका लागि आम समुदायलाई आव्हान गरेका छन् ।

    बालबालिकाको आ आफ्नो क्षमताको विकास गरी राष्ट्रिय स्तरमा नै पुर्याउने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गरीएको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij