Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रेस युनियन कञ्चनपुर उपाध्यक्ष तामाङ सम्मानित

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  • नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष किशोर कुमार तामाङ जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा आज एक कार्यक्रमका बिच सम्मानित भएका छन ।

    जिल्लाको दक्षिणी सिमान्त पुनर्वासका औद्योगिक र आर्थिक सवालहरु पत्रकारिताका माध्यम बाट राष्ट्रिय स्तरमा उजागर गरेको भन्दै पुनर्वास उद्योग बाणिज्य संघले बुधबार आयोजित आफ्नो तेस्रो साधारणसभामा पत्रकार तामाङलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरेको हो ।


    ADVERTISEMENT

    images

    कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुँदै आएको फारवेष्ट टाइम्स दैनिकबाट २०६० साल देखि पत्रकारिता क्षेत्रमा होमिएका तामाङ नागरिक आवाजका कार्यकारी सम्पादक र माउन्टेन टेलिभिजन कञ्चनपुरका जिल्ला सम्वाददाता हुँदै नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष समेत रहेका छन् ।

    पत्रकारिता क्षेत्रबाट पुनर्वासका आर्थिक र औद्योगिक सवालहरु उजागर गर्न निरन्तर कृयाशिल रहेको भन्दै उद्योग बाणिज्य संघ पुनर्वासले पत्रकार तामाङलाई सम्मान गरेको हो ।

    बुधबार आयोजित पुनर्वास उद्योग बाणिज्य संघको तेस्रो साधारणसभामा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले पत्रकार तामाङलाई सम्मान गरेका हुन

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij