गेरुवा गाउँपालिकामा जारी दास्रो बृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा विजेताको उपाधी मधुवन नगरपालिकाले उचालेको छ ।
सोमवार भएको फाइनल खेलमामा गेरुवा गाउँपालिकाको थापापुर टिमलाई ट्राईबेकरमा ३ का विरूद्ध ४ गोल प्रहार गरि मधुवन नगरपालिकाले जितको उपाधी उचालेको हो ।
जित संगै मधुवनले पुरस्कार राशि १ लाख १ हजार १ सय ११ रुपैया पुरस्कार राशी समेत हात पारेको छ ।
त्यस्तै मधुवन संग पराजित भएको थापापुरले प्रतियोगिताको उप–विजेता बन्दै ५५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार राशीमा चित्त वुझाउनु परेको छ ।
प्रतियोगिताको सेमिफाइनल मा पुगेका आयोजक ए र बि टिमले १०÷१० हजार हात पारेका छन् ।
गेरुवा गाउँपालिकाको आर्थिक सहयोमा गेरुवा गाउँपालिका खेलकुद विकास समिति द्वारा आयोजित प्रतियोगितामा बर्दिया र कैलाली जिल्ला का १४ वटा टिमहरुहरुको सहभागिता रहेको थियाे ।
प्रतियोगिता पौष २० देखि २८ गते सम्म सञ्चालन भएको थियो ।