Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शताब्दीकै उत्कृष्ट खेलाडी बने ‘मेस्सी’

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • एजेन्सी । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् ।

    विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ट १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् ।


    ADVERTISEMENT

    images

    विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको प्रदर्शन, पाएको सफलता, फुटबलमा गरेको योगदान, बिताएको समयावधि, उनीहरुका संसारभरीका फ्यानफलोअर्स आदि सूचकलाई आधार मानेर उक्त पत्रिकाले खेलाडीको स्थान तय गरेको हो ।

    सूचीमा अर्जेन्टिनाका स्टार एवं स्पेनिस क्लब बार्सिलोनाका मेस्सी पछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनीहरु दुवैले समान ५/५ पटक बलोन डी’ओर अवार्ड जितेका छन् ।

    १० उत्कृष्ट खेलाडीहरुका नाम यसप्रकार छन् :

    १. लियोनल मेस्सी

    २. क्रिष्टियानो रानाल्डो

    ३. जाभी हार्नान्डेज

    ४. रोनाल्डिन्हो

    ५. आन्द्रेयस इनियष्टा

    ६. रोनाल्डो नाजारियो

    ७. थियरी हेनरी

    ८. जिनेदिन जिदान

    ९. काका

    १०. फवियो कान्नाभारो

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij