समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दे गेरुवा गाउँपालिकामा माघी पर्वको अवसर पारेर बृहत खुल्ला अध्यक्ष कप फुटवल प्रतियोगिता सञ्चालन भएको छ ।

गेरुवा गाउँपालिका बडा नंं. ४ स्थित नवज्योती बजार (खोल्टिवजार) खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष जमान सिंह के. सी. ले एक समारोहका विच आईतवार उद्घाटन गर्नु भयो ।

प्रतियोगिताको उद्घाटन खेल गेरुवा गाउँपालिकाका निर्वाचित पदाधिकारी र कर्मचारी विच भएको थियो । प्रतियोगितामा समावेस नगरिएको उक्त खेलमा कर्मचारीहरुको टिमले शुन्यका विरुद्ध ७ गोल गर्दै पदाधिकारी हरुको टिमलाई पराजित गरेको छ ।

पौष २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कैलाली र बर्दियाका गरी जम्मा १४ बटा टिम सहभागि रहेको गेरुवा गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए ।

प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख १ हजार १ सय ११ र उपविजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैँयाको पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए । त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रत्येक टिम लाईपनि रु १० हजारको पुरस्कारको ब्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिता गेरुवा गाउँपालिकाको सहयोगमा गेरुवा गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको हो ।