Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतीय सुरक्षाकर्मीबाट नेपालीको अपहरण

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    नेपाल भारत सीमा क्षेत्रबाट एक नेपाली अपहरणमा परेका छन् । यशोधरा गाउँपालिका-८ मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीहरुले शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेका हुन् ।  


    ADVERTISEMENT

    images

    भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा खानलाई भारततर्फ लगेको तर यस बारेमा केही खुल्न नसकेको प्रहरी चौकी मर्यादपुर प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

    खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र शशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै १० गजा क्षेत्र कटाएका हुन् ।  

    स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए ।  घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले अनभिज्ञता प्रकट गरेको उपरीक्षक मल्लले बताए । 

    भारतीय सुरक्षाकर्मी अन्तर्गतको सिभिल टोलीले खानलाई पक्राउ गरेर लगेको हुन सक्ने सीमा क्षेत्र खुनुवामा खटिएका भारतीय प्रहरी अधिकारीको भनाइ छ। 

    खान खुनुवा बजारमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij