Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पेट्रोल र डिजलकाे मुल्य बढ्याे

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बृद्धि भएको छ
  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  • नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेशनबाट १ जनवरी २०२० मा प्राप्त प्राप्त अन्तर्राष्ट्रिय मुल्य अनुसार मुल्य बृद्धि भएर आएकाले पेट्रोलिय पदार्थको मुल्यमा हेरफेर गरेको जनाएकाे छ । नयाँ मुल्य बुधवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

     नयाँ मुल्य अनुसार डिपो र विक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं(थानकोट), सुर्खेत र दिपायलमा १ सय ११ रुपैयाँ प्रति लिटर कायम हुनेछ । त्यसैगरी पोखरा, दाङ्गमा १ सय १० रुपैयाँ ५० पैसा प्रति लिटर हुने निगमले जनाएको छ।


    ADVERTISEMENT

    images

    त्यसैगरी अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा १ सय ९ रुपैयाँ ५० पैसा प्रति लिटर कायम गरिएको छ। 

    डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं(थानकोट), सुर्खेत र दिपायलमा १ सय रुपैयाँ प्रति लिटर, पोखरा, दाङ्गमा ९९ सय रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर(धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९८ रुपैयाँ ५० पैसा प्रति लिटर कायम गरिएको निगमले जनाएको छ। 

    हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मुल्यमा भने कुनै पनि परिवर्तन नगरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij