Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

डा. केसीले कात्तिक १८ गतेदेखि सत्याग्रहसहितकाे आन्दाेलन सुरु गर्ने

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  • काठमाण्डौ – सामाजिक अभियन्ता डा. गोविन्द केसीले आउँदो कात्तिक १८ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताउनुभएको छ । 

    यही कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डा लगाएर आक्रमण गरेको भन्दै डाक्टर केसीले त्यस घटनाकाे भर्त्सना गर्नु भएकाे छ ।


    ADVERTISEMENT

    images

    डा. केसीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, 'कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं ।'

    डा.केसीले सरकारलाई दिएको अल्टिमेटमभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न पनि माग गर्नुभएको छ । यदि त्यसो नगरिएको खण्डमा दशौँ अर्बको ठगीको प्रमुख दोषी सरकार नै बताइएको छ । 

    ‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । उज्यालाे अनलाइन बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij