Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खेलाडी तथा खेल प्रशिक्षकलाई सम्मान

  • बर्दिया टुडे
  • 16.1K
    SHARES
  •  

    ठाकुरवावा नगरपालिका ३ मा अवस्थित चुरे माध्यमिक विद्यालय,वगनाहाले १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दाेश्राे ठाकुरबाबा नगरस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडी तथा खेल प्रशिक्षकलाई सम्मान गरेको छ ।


    ADVERTISEMENT

    images

    यहि पाैष ४ गतेदेखि ९ गतेसम्म संचालित रनिङ शिल्ड प्रतियोगितामा विद्यालयकाे तर्फबाट सहभागी भई स्वर्ण, रजत र कांश्य पदक विजेता खेलाडीहरू एवम् खेलप्रशिक्षकलाई आईतवार विहान प्रार्थनाकाे समयमा सम्पूर्ण विद्यार्थीहरूकाे विचमा सम्मान गरेको हाे ।

    सम्मान कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं.३ का वडाध्यक्ष श्रीकृष्ण थारू,वडा सदस्य औंसे सुनार,वगनाहा स्वास्थ चाैकीका प्रमुख कृपाराम गड्ताेला,चुरे मा.वि.वगनाहा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद खनाल र प्रधानाध्यापक राजेशकुमार यादवले अविर तथा माला लगाएर सम्मान गर्नु भएको थियोे ।

    खेलाडीहरूकाे प्राेत्साहनका लागि रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई हरेक विधामा रू.१ हजार ५ सय नगद पुरस्कारका साथै विद्यालयमा वुझाउनु पर्ने शुल्कमा सतप्रतिशत छुट दिने ,रजत पदक विजेतालाई रू.१ हजार २ सय नगद र शुल्कमा ५०% छुट र कांश्य पदक विजेतालाई रू.१ हजार नगद र शुल्कमा २५% छुट दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको प्रधानाध्यापक राजेशकुमार यादवले जानकारी गराउनु भयो ।

    यसैगरि छात्रा भलिबलमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई सामुहिक ४ हजार ५ सय नगद र छात्र भलिबलमा रजत पदक विजेतालाई सामुहिक ३ हजार ६ सयका साथै भलिबलका उत्कृष्ट खेलाडी एलिना गुरूङ र मनाेजकुमार बाेहरालाई कक्षा ११ र १२ मा निशुल्क अध्ययनकाे व्यवस्था गरिएको र खेल प्रशिक्षक कृष्णबहादुर थापालाई १० हजार रुपैँया नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद खनालले जानकारी गराउनु भयाे ।

    सम्मान कार्यक्रममा पदक विजेता खेलाडी,शिक्षक र विद्यालय परिवारलाई वधाई ज्ञापन गर्दै वडाध्यक्ष श्रीकृष्ण थारूले आगामी वर्षको कार्यक्रममा वडा नं.३ अन्तर्गतका विद्यालयवाट पदक विजेता खेलाडीहरूलाई प्राेत्साहन र सम्मानका लागि वजेट व्यवस्थापन गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । रनिङ शिल्ड प्रतियोगितामा चुरे मा.वि.वगनाहाकाे छात्रा भलिबल समूह प्रथम,छात्र भलिबल समूह द्वितीय भएको थियोे भने चुरे मा वि का राम दमाई एक्लैले २ सय र ४ सय मिटर दाैड,एवम् लङजम्पमा प्रथम भई ३ स्वर्ण पदक जित्नुका साथै एथलेटिक्सकाे सर्वाेत्कृष्ट खेलाडीकाे उपाधी प्राप्त गरेका थिए । यस्तै विरेन्द्र वाेहराले १५ सय मिटर दाैडमा सवर्ण र ८ सय मिटर दाैडमा रजत पदक प्राप्त गरेका थिए ।

    यसैगरी सुस्मिता थारूले २ सय मिटर दाैडमा रजत पदक एवम् गायत्री रावलले ४ सय मिटर दाैड र विपना रावतले हाईजम्पमा कांश्य पदक प्राप्त गरि चुरे मा वि वगनाहाले कुल ५ स्वर्ण, ३ रजत र २ कांश्य पदक गरि जम्मा १० पदक प्राप्त गर्नुका साथै मार्च पासमा तृतीय भई ट्रफि प्राप्त गरेको थियोे ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij