Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपाली फुटसल टिमका प्रशिक्षक गुरुङलाई एक खेलकाे प्रतिबन्ध र एक लाख जरिबाना !

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  • काठमाण्डाै - नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक विष्णु गुरुङ एक खेलको प्रतिबन्धमा परेका छन् । एएफसीको अनुशासन कमिटीले उनलाई एक खेलको प्रतिबन्ध गरेकाे हाे ।

    एएफसी फुटसल च्याम्पियनसिपअन्तर्गत ताजिकिस्तानविरुद्धको खेलमा गुरुङले अनुशास विपरीत गतिविधि गरेको भन्दै रेफ्रीले कारबाहीका लागि सिफारिस गरेका थिए । जसमा उनलाई अनुशासन कमिटीले एक खेलको प्रतिबन्धमा पार्ने निर्णय गरेको हो ।


    ADVERTISEMENT

    images

    उनको यो कारबाही जारी एएफसी फुटसल च्याम्पियनसिपमा लागु हुनेछ । २३ अक्टोबरमा भएको खेलमा गुरुङले आचारसंहिताविपरीत देखाएकाे व्यवहारका कारण एएफसीले कारबाही गरेको हो । ताजिकिस्तानसँग नेपाल ६-० ले हारेकाे थियाे ।

    यसका साथै उनलाई एक हजार अमेरिकी डलर पनि जरिवाना लगाएको छ । एएफसीको इथिक्स कमिटीले आर्टिकल ४८.२ मा रहेर जरिबाना लगाएको हो । गुरुङलाई लगाएको जरिबाना ३० दिनमा तिर्नुपर्ने पनि निर्देशन दिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij