Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कञ्चनपुरमा ब्राउन सुगर सहित कैलालीका तीन जना पक्राउ

  • बर्दिया टुडे
  • 1.0K
    SHARES
  • कञ्चनपुरमा ब्राउन सुगर सहित कैलालीका तीन जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका ५ का २० वर्षीय सुभाष भट्ट, सोही ठाउँका २३ वर्षिय पुरन धामी र २४ वर्षिय लक्ष्मण कडायतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

    बुधबार साँझ जिल्लाको पुनर्वास नगरपालिकाबाट २ ग्राम ब्राउन सुगर सहित कारमा सवार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरिक्षक गोपाल बोहराले बताए।


    ADVERTISEMENT

    images

    उनीहरुलाई पुनर्वास नगरपालिका वडा नम्वर ६ ङ गाउँबाट पक्राउ गरिएको उनले बताए। उनीहरु सवार बा ५ च ७९३७ नम्बरको कार समेत बरामद गरिएको बताउँदै उनले तीनै जना विरुद्ध लागू औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरिएको बताए। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij