Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पेप्सी उत्पादकविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले भ्याट छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

    झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राज्यलाई १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको भन्दै विभागले वेभरेजका अमित गुप्तासहित ७ जना उपर करिब २ अर्ब रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजायको माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

    उनका अनुसार वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर भएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij