Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कैलालीमा तीन वर्षदेखि हराएका २ सय ७१ महिला र बालबालिका अझै वेपत्ता

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • कैलालीमा महिला, बालक तथा बालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्लामा पछिल्लो तीन वर्षमा मात्र महिला तथा बालबालिका गरी नौ सय २३ जना हराएका छन्। ती मध्ये २ सय ७१  जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी नायब निरिक्षक खेमराज पन्तका अनुसार आर्थिक वर्ष २०७३–७४ देखि २०७५–७६ सम्म छ सय १६ महिला, एक सय ५२ बालक र एक सय ५५ बालिका गरी नौ सय २३ जना हराएको बताए। ती मध्ये चार सय १३ महिला, एक सय २१ बालक र एक सय १८ बालिका फेला परेको भएपनि दुई सय ७१ अझै वेपत्ता रहेको प्रहरी नायब निरिक्षक पन्तले बताए।


    ADVERTISEMENT

    images

    त्यसरी हराएर फेला नपर्नेमा सबैभन्दा बढि महिला रहेका छन्। पन्तका अनुसार तीन वर्षको अवधीमा हराएका एक सय ५२ महिला,  ३१ बालक  र ३७ बालिका भेटिएका छैनन्। यस्तै चालु आर्थिक वर्षको पहिलो पाँच महिना पनि कैलालीमा एक सय ४३ महिला, ४० बालक र ४८ बालिका हराएका छन्।

    ती मध्ये एक सय १८ जना अझै हराईरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले महिला तथा बालबालिका संवेदनशिल वर्ग भएका कारण पनि हराउने क्रम बढ्दै गएको बताए।

    उनले महिला र बालिका हराउने क्रम बढ्नुको कारण उमेर नपुगी भागी विवाह गर्नु, रोजगारीको प्रलोभनमा परी वेचबिखनमा पर्नु तथा घरबाट भागेपछि कानूनको डरले लुकेर बस्ने अवस्थाले पनि संख्या बढि देखिएको बताए। महिला तथा बालबालिका छिटो ललाईफकाईमा पर्ने गरेका कारण पनि हराउने क्रम बढेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij