Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पालिका स्तरिय फुटवल प्रतियोगिताको फाइनल खेल पुस ५ गते हुने

  • बर्दिया टुडे
  • 4.3K
    SHARES
  •  

    बढैयाताल गाउँपालिका ८ मा जारी बर्दिया जिल्लाको पालिका स्तरिय फुटवल प्रतियोगिताको फाइनल खेल पुस ५ गते हुने भएको छ ।
    मंसिर २८ हुने भनिएको भए पनि मंसिर २७ शुक्रवार दिनभरी परेको पानीको कारण फाइनल खेल एक हप्ता पछाडि सारिएको हो ।


    ADVERTISEMENT

    images

    स्थगित भएको फाइनल खेल आगामी पुस ५ गते हुने आयोजक कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष शुशिल चौधरीले जानकारी दिए । ‘शुक्रबार दिन भरी बर्षा भएकाले खेल मैदान हिलाम्य भयो’ उनले भने, ‘खेल खेल्न नमिल्ने भएकाले आगामी शनिवार फाईनल खेल गर्ने निर्णय गरेको हौं ।’


    प्रतियोगिताको फाईनलमा उपाधिको लागि बाँसगढी नगरपालिका र मधुवन नगरपालिका भिड्ने छन् । ‘खेलकुद र पर्यटनको प्रबद्र्धनः बर्दियाको समर्पण’ भन्ने नारा सहित कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालको आयोजनामा मंसिर २१ गते देखि प्रतियोगिता सञ्चालन भएको हो ।
    जिल्लामा रहेका ८ वटै पालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । व्यवसायिक खेलको विकास र बर्दिया भ्रमण बर्ष २०७६ का साथै भ्रमण बर्ष सन् २०२० को प्रचार प्रसार गरी बर्दियालाई पर्यटनमय बनाउन प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
    प्रतियोगितामा बिजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ६० हजार नगद, शिल्ड र प्रमाण पत्र पाउनेछन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij