Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

२३ वर्षपछि हुन लागेकाे राजापुर स्पोर्ट्स क्लबको साधारण सभा स्थगित किन भयाे ?

  • बर्दिया टुडे
  • 4.2K
    SHARES
  •  

    शनिबार आयोजना भएको राजापुर स्पोर्ट्स क्लबको दोस्रो चुनावी साधारण सभा अर्काे शनिबार सम्मका लागि स्थगित भएको छ ।


    ADVERTISEMENT

    images

    क्लबको बन्दसत्रमा अध्यक्ष,उपाध्यक्ष,सचिव पदमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेता पनि कोषाध्यक्ष पदका लागि निवर्तमान कोषाध्यक्ष वैद्यनाथ झाले असन्तुष्टि जनाएपछि साधारणसभा स्थगितको घोषणा भएको हो ।

    बन्द सत्रले चयन गरेको नयाँ कार्यसमितिमा यूवाहरुलाई जिम्मेवारी दिएपछि झा आफुले नयाँ पुस्ताको नेतृत्व स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्टि जनाएको बन्दसत्रका सहभागीले बताए । ‘सभाले नयाँ कार्यसमितिलाई चयन गरी सक्दा पनि झा एक्लैको असन्तुष्टिका कारण सभा नै स्थगित भएको हो’ उनले भने । वि.सं.२०५३ सालमा स्थापना भएको सो क्लबले २३ वर्षपछि दोस्रो साधारण सभाको आयोजना गरेको थियो ।

    क्लबको विद्यान अनुरुप प्रत्येक ३ वर्षमा साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ ।

    विद्यान अनुरुप नयाँ कार्यसमितिमा यूवाहरु समावेश गरिनुपर्ने भन्दै खेलाडीहरुले अडान राखेका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij