Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘खेल र खेलाडी प्रति नगरपालिका गम्भिर छ’– उपप्रमुख चौधरी

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिकाका उप–प्रमुख मनकला कुमारी चौधरीले खेल र खेलाडी प्रति नगरपालिका गम्भिर भएको बताउनु भएको छ । शनिबार राजापुरमा आयोजित राजापुर स्पोर्ट्स क्लबको दोस्रो साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले राजापुर क्षेत्रमा उत्कृष्ट खेलाडीहरु उत्पादनको सम्भावना रहेकाले राजापुर क्षेत्रमा भएका खेलाडीहरुलाई  अझैं बढि उत्साह र सहयोग दिन सकेमा राष्ट्रिय,अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सकिने बताउनु भयो ।
    उहाँले खेलाडीलाई सबैभन्दा पहिले खेल मैदानको खाँचो छ, त्यसको नगर स्तरिय खेलमैदान नगरपालिकाले निर्माण गरीरहेको बताउदै निकट भविष्यमा लागि राजापुर नगरपालिकाले प्रत्यक वार्डमा खेल मैदान निर्माण गरेर खेलकुदको विकास गर्न राजापुर नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो ।
    नगरपालिकाले यहाँका खेलप्रेमी यूवा यूवतीहरुलाई सम्भावित खेल खेलाउन सहयोग गरिरहेको बताउदै उहाँले भन्नुभयो,–‘नगरपालिकाले खेलकुदको विकासका लागि मेयरकप खेलकुद प्रतियोगिता संचालन गरिरहेको छ ।’ राम्रो खेलाडी उत्पादनका लागि सम्बन्धित खेलको राम्रो ज्ञान हाँसिल गरेको दक्ष प्रशिक्षकको व्यवस्था,उपर्युक्त खेलमैदान र यस क्षेत्रमा नभएका थप खेलहरु पनि ल्याउनु पर्छ तब मात्र खेलाडीहरु बलियो बन्नेछन् उपप्रमुख चौधरीले भन्नुभयो ।
    क्लबका अध्यक्ष ईन्द्रध्वज जि.सी.को सभापतित्वमा भएको साधारणसभाको उद्घाटन सत्रमा क्लबका ईन्द्र बहादुर सेनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी,क्लबका सल्लाहकार चन्द्रध्वज जि.सी.,क्बलका विमला जि.सी.,खेलाडी भागिरथ चांलागाँई,समाजसेवि सावित्री पुरी लगायतले खेलप्रतिको चुनौती,खेलाडी उत्पादन र विकासका बारेमा आ–आफनो धारणा राख्नुभएको थियो ।त्यस्तै क्लबका कोषाध्यक्ष वैद्यनाथ झाले क्लबको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा क्लवका आजिवन सदस्य सहयाेगी एवम् चन्दा दाताहरुलाई सम्मान गरिएकाे थियाे ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij