सरकारले धानको न्यूनमत समर्थन मूल्य तोकेको छ । कात्तिक ५ गतेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । सरकारले गत वर्षभन्दा धानको समर्थन मूल्य केही बढाएको छ । सरकार निर्धारण गरेको समर्थन मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल तीन सय र मध्यम धानमा २१३ रुपैयाँले बढी छ ।
मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि प्रतिक्विन्टल मोटा धान २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धान २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको छ ।
गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्यप्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।