Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अन्जानको दोस्रो ह्याट्रिकको मद्दतले मधुवन नगरपालिका फाईनलमा

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • मधुवन नगरपालिका पालिका स्तरिय फुटबल प्रतियोगिताको  फाइनलमा पुगेको छ ।

    आज बढैयाताल गाँउपालिकाको बडा ८ स्याउलिबजारको खेल मैदानमा भएको मधुवन नगरपालिका र गेरुवा गाँउपालिका बिच भएको सेमिफाइनल खेलमा मधुवनका तर्फबाट फेरि अन्जान थारु चम्किए पछि गेरुवा गाँउपालिका ० का विरुद्ध ४ गोलले पराजित भएको छ ।


    ADVERTISEMENT

    images

    मधुवनतर्फबाट अन्जान थारुले खेलको ८औं, ३४औ र ६९औं मिनेटमा गोल गरेर आफ्नो यस प्रतियोगितामा दोस्रो ह्याट्रिक पुरा गरेका थिए भने मधुवन कै तर्फबाट अर्को एक गोल ३१औ मिनेटमा प्रमित थापाले गरेका थिए ।

     

    गेरुवा गाँउपालिकाका तर्फबाट कसैले पनि गोल गर्न असमर्थ रहेका थिए । प्रतियोगितामा दोस्रो ह्याट्रिक गरेका अन्जानले राजापुर नगरपालिका विरुद्ध पहिलो ह्याट्रिक गरेका थिए । ह्याट्रिकसँगै प्रतियोगितामा अन्जानको व्याक्तिगत गोल संख्या ६ पुगेको छ ।

    फाइनल पुगेको मधुवन नगरपालिकाले भोलि हुने गुलरिया नगरपालिका र बाँसगडी नगरपालिका बिचको सेमिफाइनल खेलमा विजयी टिमसँग फाइनल खेल्ने छ । 

    आजको प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै ह्याट्रिक गरेका मधुवन नगरपालिकाका अन्जान थारु म्यान अफ द म्याच घोषित भएका थिए । 

    बढैयाताल गाँउपालिकाको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा ८ वटै कार्यपालिका बिच भएको यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले ६० हजार पाउने छ। प्रतियोगिताको फाइनल खेल मंसिर २८ गते शनिबारका दिन हुने आयोजकले बताएका छन् ।  

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij