Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानन्यायाधीशले भने : न्यायपालिकाको गल्ती औल्याउनुस्, तर गाली नगर्नुस्

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश नियुक्तिमा न्यायपरिषद कसैप्रति पूर्वाग्रही नहुने बताएका छन् ।

    न्यायपरिषदका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशमा सक्षम र उपयुक्त व्यक्ति छान्न आफूलाई कुनै आपत्ति नरहेको धारणा राखे ।


    ADVERTISEMENT

    images

    बुटवलमा मंगलबारदेखि शुरु भएको मानव अधिकार राष्ट्रिय सम्मेलन तथा नेपाल बार एशोसिएसनको ४६ औं केन्द्रीय कार्यकारिणी परिषद बैठकको उद्घाटन गर्दै उनले बार एशोसिएशनबाट एक मतले राय आएमा आफू त्यसमा पृथक नहुने उनको भनाइ छ ।

    प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गल्ती उजागर गर्न पाइने तर गाली गर्न नपाइने बताए । ‘न्यायपालिकाको सह्राहना मात्र नगर्नोस्, न्यायपालिकाको गल्ती उजागर गर्नोस् तर न्यायपालिकालाई गाली नगर्नोस्’ प्रधानन्यायाधीशले भने ‘बारको साथ भएन भने न्यायापालिका एक इन्च पनि अगाडि बढ्दैन, त्यसैले सहकार्य जरुरी छ ।’

    आफूले जिम्मेवारी सम्हालेको एघार महिनामध्ये पछिल्लो तीन महिना न्यायाधीशप्रति उजुरी नआएको भन्दै उनले न्यायाधीशलाई कसैको भनसुन र प्रभावमा नपर्न आग्रह गरे । ‘न्यायाधीशलाई साथ दिने आफूले गरेको फैसला र आदेशले नै हो, न्यायाधीशको विरुद्ध आवाज उठे कसैले साथ दिदैन’ प्रधानन्यायाधीश जबराले भने ‘त्यसैले न्यायकर्मी स्वाभिमानी हुनैपर्छ ।’

    सुदृढ र सक्षम न्यायपालिकाको लागि बारको भूमिका रहने भन्दै उनले बार एशोसिएशन सडकमा आउनुपर्ने अवस्था आउन दिन नहुने बताए ।

    मानव अधिकारसम्बन्धी कानून र मौलिक हक कार्यान्वयनमा अदालतले सधै सकारात्मक काम गर्दै आएको भन्दै उनले त्यसको लागि स्वतन्त्र, सक्षम र सुदृढ न्यायपालिकाको आवश्यकतामा जोड दिए । कानूनको शासन नभएमा मानव अधिकारको संरक्षण हुन नसक्ने भन्दै उनले न्यायप्रशासनको मेरुदण्ड कानून व्यवसायी भएको औल्याए ।

    उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले न्यायाधीश नियुक्तिमा राजनीतिक रंगरोगनले जनतामा न्यायपालिकाप्रति अनास्था पैदा भइरहेको बताए ।

    सक्षम र स्वतन्त्र न्यायपालिका नरहे मुलुकमा लोकतन्त्र नरहने भन्दै उपप्रधानमन्त्री यादवले न्यायको भरोसाको केन्द्रमा दक्ष र उच्च व्यक्तित्व जानुपर्नेमा जोड दिए ।
    न्यायपरिषदको संरचना नै राजनीतिबाट प्रभावित भइरहेकाले यसको संरचना नै परिवर्तन जरुरी रहेको उनले बताए ।

    नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सक्षम र स्वतन्त्र न्यायपालिकको लागि बार एशोसिएशन सधै प्रतिबद्ध रहेको बताए । बार र बेञ्च एकै सिक्काका दुई पाटा हुन् भन्दै उनले दबाब, प्रभाव र अभावबाट समग्र न्यायपालिका मुक्त हुनुपर्नेमा जोड दिए ।

    न्यायपालिका जनताको अन्तिम आस्थाको पुञ्जको रुपमा रहेकोले यसलाई दबाव र प्रभावमा पर्न नदिन नेपाल बार एशोसिएशन ‘वाच डग’को रुपमा क्रियाशील रहने उनले बताए ।

    बैठक बुटवल घोषणापत्र जारी गर्दै बुधबार सकिने बार एशोसिएशनले जनाएको छ । कार्यक्रममा देशभरका झण्डै सात कानून व्यवसायी सहभागी छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij