Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ठाकुरबाबा नपालाई ३-१ ले हराउँदै बाँसगडी नपा बिजयी

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  • बढैयाताल गाँउपालिकामा आयोजित जिल्ला पालिका स्तरिय  फुटबल प्रतियोगिताको आज भएको खेलमा बासँगडी नगरपालिकाले ठाकुरबाबा नगरपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ । 
    बढैयाताल गाँपालिका कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको यस प्रतियोगितामा बर्दिया जिल्लाका सम्पूर्ण ८ वटै कार्यपालिकाहरुको सहभागीता रहेकोमा आजको प्रतियोगिताको चौथो खेलमा बाँसगडि नगरपालिका बिजयी भएको हो ।
     
    आजको खेलमा ठाकुरबाबा नपा का खेलाडीले एक सुसाइड गोल हाने पछि बाँसगडि नपा लाई बिजयी हुन झनै सजिलो भएको थियो। 
    ३ गोल रहेको बाँसगडि नपा का तर्फबाट एक सुसाइड र बाकि २ गोल सुनिल आलेमगर २७औं र राजेश परियारले खेलको ७८औं मिनेट गरेका थिए। 
    ठाकुरबाबा नगरपालिकाका तर्फबाट एक मात्र सान्त्वना गोल ७०औं मिनेटमा हिमाल थारुले गरेका थिए। 
    आजको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बिपक्षीले गोल पोष्टमा हानेको प्रहार विफल गराउन सफल बाँसगडि नगरपालिकाका गोलरक्षक राजेश थारु म्यान अफ द म्याच घोषित भएका थिए। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij