Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रेममा धोका पाएकी युवतीले प्रेमीको लिंग काटिदिए पछि......!

  • बर्दिया टुडे
  • 5.0K
    SHARES
  • राजधानीको बौद्धमा प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् । युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल नहुने देखेपछि यस्तो गरेको बुझिएको छ ।

    २१ वर्षका उनका प्रेमी मकवानपुर घर भइ बौद्धमा बस्दै आएका थिए । उनले राजधानीको एक होटलमा काम गर्ने गरेको बुझिएको छ । युवतीको थर थिङ र युवकको थर सुनुवार भएको बताइएको छ । पीडित प्रेमीको चावहिलस्थित ओम हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।


    ADVERTISEMENT

    images

    युवकको लिंग चुँडिन छाला मात्र बाँकी भएको बताइएको छ । युवक क्रिस्चियन र युवती बौध धर्मावलम्बी हुन् । उनीहरु एक वर्ष अघिदेखि प्रेममा थिए । युवकले आफ्ना परिवारले नमानेको भन्दै सम्बन्ध तोडेका थिए । त्यसपछि युवतीले अन्तिम पटक भेट्न बोलाएकी थिइन् । सोमबार बेलुकी भएको त्यही भेटमा घटना भएको हो । प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij