Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सागः महिला फुटबलको स्वर्ण सपना अधुरै,नेपाल भारतसँग पराजित

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपालको स्वर्ण सपना अधुरै रह्यो । आज भएको फाइनल खेलमा चिर प्रतिद्धन्द्धी भारतसँग नेपाल २-० ले पराजित भएको हो ।
    पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाली महिला टिमले खेलको १८ औं मिनेटमा पहिलो गोल खाएको थियो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै बालादेवीले भारतका लागि गोल गरेकी हुन् ।

    पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो । भारतका लागि बालादेवीले नै गोल गरिन् । जसका कारण नेपाल २ -० ले पछि पर्यो ।


    ADVERTISEMENT

    images

    यो संगै नेपालले भारतलाई हराएर ऐतिहासिक स्वर्ण जित्ने सपना चकनाचुर भएको छ । सागमा जहिलेपनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक शुन्यले नै पराजित भएको थियो ।

    सागमा सन् २०१० देखि महिला फुटबल समावेश भएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij