Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

  • बर्दिया टुडे
  • 988
    SHARES
  • १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ११औं मिनेटमा सुनील बलले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा गोलका लागि थुप्रै अवसर सिर्जना भए पनि दुवै टिम फिनिसिङमा चुकेपछि सुनीलको गोल नै निर्णायक बनेको थियो ।


    ADVERTISEMENT

    images

    एक गोलले पछाडि परे पनि बंगलादेशले नेपाललाई निरन्तर दबाबमा राखेको थियो । गोलका लागि बंगलादेशले बनाएका आकर्षक मुभ नेपालका डिफेन्डर तथा गोलकिपरले असफल बनाएपछि नेपालले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

    दाेस्राे हाफकाे इन्जुरी टाइममा बंगलादेशका कप्तान दाेहाेराे पहेलाे कार्ड पाउँदै बाहिरिएका थिए ।

    जितसँगै नेपालले फाइनलमा भुटानसँगको भिडन्त पक्का गरेको छ । उत्कृष्ट प्रदर्शन गर्दै भुटान इतिहासमा पहिलोपटक साग फुटबलको फाइनलमा पुग्न सफल भएको छ  ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij