Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गोली चलेपछि बाँकेमा कर्फ्यु

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  • आइतबार बिहान कोहलपुरमा ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि विद्यार्थीले प्रदर्शन सशक्त पारेपछि कर्फ्यु लागेको छ ।

    बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईका अनुसार कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहिनी खोलासम्म लागू हुनेगरी कर्फ्यु लगाइएको हो ।


    ADVERTISEMENT

    images

    आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गतको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१२ की १२ वर्षीया प्रकृति चन्द घाइते बनेपछि विद्यार्थीको समूहले ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए । त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा करिब एक दर्जन प्रहरी घाइते बनेपछि कर्फ्यु लगाइएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij