वडा अध्यक्ष पदका लागि कञ्चनपुरको पुनर्वास ३ मा भएको निर्वाचन सम्पन्न भएको छ । पुनर्वास ३ गोर्खा आधारभुत बिधालय स्थित मतकेन्द्रमा सम्पन्न निर्वाचनमा ९२४ मत खसेको छ । कुल ११९९ मतदाता रहेको उक्त वडामा ७७ प्रतिशत मत खसेको हो । बेलुका ८ बजे देखि मत गणना हुने निर्वाचन अधिकृत गोपाल बास्तोलाले बताए । मत गणना पुनर्वास नगरपालिकाको सभाकक्षमा हुने अधिकृत बास्तोलाले जनाए ।