Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१३ औं सागमा नेपालको झण्डा पारस खड्काले बोक्ने !

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ ।

    केही समयअघि राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


    ADVERTISEMENT

    images

    नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।

    पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् । सागमा क्रिकेट ८ वर्षपछि फर्किएको हो ।

    पारसले एक दशक नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका थिए । उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो भने एक दिवसीय मान्यता पाएको थियो । पारस नेपालका लागि एक दिवसीय र टि २० आईमा शतक प्रहार गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij