Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निष्काशित

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  • ‘नेपालका लागि नेपाली’ अभियानले अभियन्ता ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्काशित गरेको छ ।

    बुधबार बसेको अभियानको केन्द्रीय समितिको बैठकले हालसम्म पु¥याएको योगदानका लागि धन्यावाद दिँदै शाहीलाई अभियानबाट निष्काशित गरेको हो ।


    ADVERTISEMENT

    images

    ‘नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीले पुर्याउनु भएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०६७-८-११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको कुनै संलग्नता, सहभागिता र समर्थन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्र शाहीको कुनै जिम्मेवारी नरहने व्योहोरा जानकारी गराइन्छ’, केन्द्रीय समितिको निर्ण जानकारी गराउँदै अभियानले भनेको छ ।
    अभियानले शाही नभए पनि आफ्नो अभियान भने जारी रहने बताएको छ । भ्रष्टचारको अन्त्य र राष्ट्रियताको संरक्षण (संघीयता र धर्म निरपेक्षताको खारेजी) र राजनीतिक शुद्धीकरणको आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्ने अभियानले जानकारी दिएको छ । त्यसका लागि देश विदेशमा रहेका सम्पूर्ण नागरिकलाई साथ दिन समेत अभियानले अनुरोध गरेको छ ।

    Shares0

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij