Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

श्रीमतिको हत्या आरोपमा शिक्षक पक्राउ

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  • कञ्चनपुरको बेलौरीमा श्रीमती हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

    बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहन सिह ऐरीलाई श्रीमती हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।


    ADVERTISEMENT

    images

    इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीलाई हत्याको आरोप लगाएको बताए ।

    सरस्वतीको सोमबार सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक सरस्वतीका बाबु शेर सिह बोहराले ज्वाँईविरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको चन्दले बताए । ‘उनकै ससुराले दुरुत्साहन सम्बन्धीको मुद्दामा ऐरविरुद्ध किटानी दिएका छन्, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि शिक्षकलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’ सरस्वतीलाई श्रीमानले आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी परेको प्रहरीले जनाएको छ ।

    बेलौरी घर भएका शिक्षक ऐर कैलालीको कालिका माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । कञ्चनपुरमा महिला हिंसाविरुद्धको अभियान संचालन भइरहेको समयमा महिलामाथि शिक्षित बुद्धिजिवी वर्गबाटै दमन भएको घटनाको चौतर्फि भत्सर्ना भइरहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij