Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस,शल्यक्रिया आजै

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेसनका लागि तयारी भइरहेको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आज बिहान अस्पताल गएका थिए। परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि १३औं दक्षिण एसियाली खेलकुद खेल्ने खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सम्बोधन गर्ने भएका छन्।


    ADVERTISEMENT

    images

    आज विहान ११ बजे खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो। जसका कारण उनको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने छन्। कार्यक्रममा खेलाडीका पुरस्कारमा पनि बिशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएका छ।

    प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्।

    प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बिच भलिवल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij