देशका अधिकांश क्षेत्रमा हाल मौसम बदली भएको छ । देशका विभिन्न क्षेत्रमा आंशिक तथा सामान्य बदली भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।
यसकै प्रभावका कारण आइतबार देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने जनाइएको छ ।
राति देशका मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने मौसमविदले बताएका छन्।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ८ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
मंसिर ९ गते सोमबार
दिउँसो : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
मंसिर १० गते मंगलबार
दिउँसो : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने छ ।
राति : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ ।