कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा आगामी मंसिर १४ गते हुने वडा अध्यक्ष पदको निर्वाचनको पुर्व सन्ध्यामा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा शनिबार आइबिआरडी आउने कार्यक्रम रहेको छ । उप निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन कार्यकर्ता संग भेटघाटका लागि सभापति शेरबहादुर देउवा भोलि कार्तिक ३० गते आईबिआरडी आउने भए पछि नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले तयारी थालेको छ । पार्टी सभापती तथा पुर्व प्रधानमन्त्री देउवाको शनिबार बिहान ८ बजे बेल्डाँडी गाउँपालिकाको चवन्नी बजार , बिहान ९ बजे बेलौरी स्थित क्षेत्रीय पार्टी कार्यालय र साढे ९ बजे पुनर्वासको आईबिआरडीमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायले बताए ।