Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिला भलिबलमा नेपाललाई इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

    समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो ।


    ADVERTISEMENT

    images

    सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ ले जितेर उपाधि उचालेको हो । १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ ।

    कप्तानको रुपमा अरुणा शाहीको पहिलो प्रतियोगितामा पहिलो उपाधि भएको छ । अघिकांश युवा र कम अनुभवी खेलाडीको बाहुल्यकाबीच नेपाली खेलाडीले आत्मविश्वाश बंगलादेशमा प्रशंसनीय देखिएको थियो ।

    नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो । सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो ।

    नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । त्यस प्रतियोगितामा काश्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य जितिसकेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij