Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लालझाडीमा गाउँपालिका अध्यक्षको पुत्ला दहन

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  • लालझाडीमा वडा कार्यालय सार्ने निर्णयको बिरोधमा गाउँ पालिका अध्यक्ष मदनसेन बडायकको पुत्ला दहन गरिएको छ । गाउँपालिकाको ३ नम्बर वडाको कार्यालय साविक स्थानबाट सार्ने विषयमा गरिएको निर्णयको बिरोध गर्दै आज अध्यक्ष बडायको पुत्ला दहन गरिएको हो ।

    वडा कार्यालय अन्यत्र नसार्न पटकपटक माग गर्दै आएका नेकपा कार्यकर्ता र स्थानीयले वडा कार्यालयमा शुक्रवार गरिएको तालाबन्दी बुधबार विद्यार्थी परिचालन गरेर तोडिए पछि गाउँपालिका अध्यक्षको पुत्लादहन गरिएको हो ।


    ADVERTISEMENT

    images

    साविक स्थानमा रहेको वडा कार्यालय अन्यत्र सार्न लागिएपछि तीन गाउँका स्थानीय बासिन्दासहित नेकपा लालझाडी गाउँपालिका–३ का नेता–कार्यकर्ताले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गर्दै कार्यालयको मेन गेटमा गाउँपालिका अध्यक्ष बडायकको पुत्ला जलाइएको छ ।

    बुधबार सरस्वती माबिका विद्यार्थी परिचालन गरेर ताला तोड्न लगाएकाले आज अध्यक्षको पुत्ला दहन गरिएको प्रदर्शनमा सहभागिहरुले बताएका     छन् । स्थानीय बासिन्दाको सहमतिविना वडा कार्यालय सार्न थालेपछि लालझाडीमा आन्दोलन चर्किन थालेको नेकपा समर्थित युवा नेता अमर सिह रानाले बताए ।

    उनले भने ‘यसबारे वडाध्यक्ष, गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ । कसैले सुनुवाई नगरेपछि ताला लगाउन बाध्य भएका थियौं, हिजो बालबालिका लाई प्रयोग गरेर ताला तोड्न लगाएको आरोपमा अध्यक्षको पुत्ला जलाईएको जनाए । लालझाडी–३ का वडाध्यक्ष टीकाराम चौधरीले वडा कार्यालय सार्न लागिएको नयाँ ठाउँ सबैलाई पायक पर्ने बताए ।

    सबै प्रक्रिया पूरा गरेर वडा कार्यालय सार्न लागिएको उनको भनाइ छ । ‘वडा कार्यालयको जमिनका लागि १५ दिने सूचना जारी गरेका थियौँ, त्यतिवेला कसैले पनि वास्ता नै नगरेकाले पायक पर्ने ठाउँमा सार्न लागेका हौं भने ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij