Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कञ्चनपुरको पुनर्वासमा उपचुनावको माहोल तात्यो ५ दलको उम्मेदवारी दर्ता , कसले मार्ला बाजि

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  • आगामी मँसिर १४ गते हुन गईरहेकाे उपनिर्वाचनका लागि कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं.३ मा रिक्त रहेकाे वडाध्यक्षका लागि आज उम्मेदवार मनाेनयन दर्ता भएसंगै चुनावी माहोल तातेको छ । २०७४ को स्थानिय चुनावमा तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा फैरू तामाङ्ग विजय भएका थिए। जिल्ला समन्वयन समिति कञ्चनपुरमा जिल्ला सँयाेजक भएपछि फैरू तामाङ्गले वडाध्यक्षबाट राजिनामा दिएका थिए। फैरू तामाङ्गकाे राजिनामा पछि रिक्त भएको वडा अध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनमा आज निर्वाचन कार्यालयमा ५ वटा दलका उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता भएको छ । पुनर्वास नगरपालिकामा रहेकाे निर्वचान अधिकृतकाे कार्यालयमा विभिन्न राजनितिक दलले आज मनाेनयन दर्ता गराएका हुन। वडाध्यक्षका लागि नेकपाबाट कृष्ण बहादुर तामाङ्गले उम्मेद्वार मनाेनयन दर्ता गराएका छन। त्यसैगरी नेपाली काँग्रेसबाट दिप बहादुर तामाङ्ग (डि बि लामा) ले उम्मेदवारी दर्ता गराएका छन। समाजवादी पार्टी नेपालबाट भीम बहादुर पाख्रिन राप्रपाबाट पदम बहादुर शाही, राप्रपा सँयुक्तबाट धन बहादुर तामाङ्गले उम्मेदवारी दर्ता गराएका छन। कार्तिक २८ गते उम्मेदवारी दाबी बिराेध तथा मनाेनयन फिर्ताका लागि सुचना प्रकाशित गरिने र कार्तिक ३० गते उम्मेदवारकाे अन्तिम नामावली प्रकाशित गरिने र चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत गाेपाल बास्ताेलाले जानकारी गराउनु भयाे। मनाेनयन दर्ता पछि राजनितिक दलहरू चुनावी प्रचारमा सक्रिय देखिएका छन।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij