Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

साग का लागि नेपाली फुटबल टिमको घोषणा

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग)का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।

    नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । टिममा नेपालका ३ सिनियर खेलाडीहरु बिकेश कुथु,बिक्रम लामा र सुजल श्रेष्ठ पनि रहेका छन् ।


    ADVERTISEMENT

    images

    मुख्य प्रशिक्षक महर्जनले नेपाली टिम लामो समयदेखि सागका लागि तयारी गरिरहेको हुनाले आत्मबल पर्यप्त भएको दाबी गरे । ‘हामीले सागका लागि लामो समयदेखि तयारी गरिरहेका छाैँ त्यसैले टिम एकदम मजबुत छ । हामीसँग भएका खेलाडीहरु उत्कृष्ट छन् त्यसैले हामीसँग सागका लागि आत्मबल पर्यप्त छ’, महर्जनले भने ।

    साथै प्रशिक्षक महर्जनले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु शत प्रतिशत ढुक्क रहेको बताएका छन् ।

    सागका लागि नेपाली टिम

    गोलकिपर : विकेश कुथु,अर्पण कार्की र दिप कार्की

    डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ र छिरिङ गुरुङ

    मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा,शेसेहाङ अम्दाङ्बे र तेज तामाङ

    फरवार्ड : विमल घर्ती मगर,अभिशेक रिजाल,रेजिन सुब्बा र अन्जन बिष्ट 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij