Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘तिघ्रा छेडिदिने’ धम्की दिएका डीएसपीविरुद्ध नेपालगञ्‍जमा तरुणहरुकाे प्रदर्शन

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम शाहीविरुद्धको आन्दोलन चर्काउँदै लगेको छ । 

    तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई ‘तिघ्रा छेडिदिने’ धम्की दिएपछि कात्तिक १६ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएको दलले दिनप्रतिदिन डीएसपी शाहीविरुद्धको आन्दोलन चर्काउँदै लगेको हो । 


    ADVERTISEMENT

    images

    आन्दोलनमा सहभागी हुन मातृ पार्टी कांग्रेसका केन्द्रीय सदस्यदेखि तरुण दलका केन्द्रीय पदाधिकारीहरु बाँके पुग्ने गरेको छ । तरुण दल बाँकेले सोमबार कांग्रेस केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे , किशोरसिंह राठौर र दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंको नेतृत्वमा नेपालगञ्जमा प्रहरीको जादतिविरुद्ध प्रदर्शन गरेको छ । 

    पार्टी कार्यालयबाट सुरु भएको तरुण दलको प्रदर्शन जिल्ला प्रशासन कार्यालय नजिक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै तरुण दलका उपाध्यक्ष चापागाईंले बिहीबारसम्म डीएसपी शाहीको सरुवा नभए देशव्यापी आन्दोलन चर्काउने घोषणा गरेका छन् । 

    दसैंमा डीएसपी शाहीले मागेअनुसार खसी उपहार नदिएपछि आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला कोषाध्यक्ष खड्काले कात्तिक १७ गते राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका थिए । 

    “दसैं आयो एउटा खसी त दिनुहोला नि भन्दै डीएसपीले भनेका थिए,” उजुरी दिएका दिन खड्काले बाह्रखरीसँगको कुराकानीमा भनेका थिए, “तर मैले खसी नदिएपछि केही दिनअघि मेरो तिघ्रा छेडिदिने धम्की दिए । मेरो जीवनरक्षाको माग गर्दै म मानवअधिकार आयोग गएको हुँ ।”

    केही समयअघि कोषाध्यक्ष खड्का र डीएसपी शाहीबीच भएको टेलिफोन कुराकानीको अडियो सार्वजनिक भएको थियो । अडियोमा भनिएको थियो, “तँसँग मेरो वार नै भयो, मलाई सरुवा गराउँछु भन्दै हिँडेको छस् रे !”

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij