Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रित्तै फर्कियो हेलिकोप्टर : आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने डा. केसीकाे अडान

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • चिकित्सा शिक्षा सुधारको माग लिएर डडेलधुरामा आमरण अनसनरत डा. गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ । डा. केसीले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने र स्थानीयले समेत उनको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो । आइतबार डडेलधुरा अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर भएको विज्ञप्ति जारी गरेको थियो ।

    सोहिअनुसार सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर डा. केसीको समर्थकको विरोधपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठकसमेत राखेका थिए । तर बैठकमा डा. केसीका समर्थकले उनलाई जबरजस्ती लैजान नमिल्ने भन्दै विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारीले सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाएका हुन् ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij