नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले डाक्टर गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सात दिनदेखि सुदूरपश्चिमको डडेल्धुरामा अनशन बसिरहेका डा. केसीको विषयमा सरकारले कुनै चासो नदेखाएपछि नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका हुन्।
उनले ट्वीट गर्दै सरकारसँग डा. केसीको माग सम्बोधन गर्न र उनको जीवन रक्षा गर्न माग गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘डा. गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो।सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रम ओलीलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौँ,’डा. केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर!’
https://twitter.com/thapagk